Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

रत्नेचौर भकुण्डे कालोपत्र शुरू!

loading views..
Nepal Telcome

 

म्याग्दी । म्याग्दीको रत्नेचौर–भकुण्डे ग्रामीण सडक कालोपत्र गर्न सुरु भएको छ। गरिएको छ । बेनी नगरपालिकाका तीनवटा वडालाई जोड्ने उक्त सडक सडक डिभिजन कार्यालय बाग्लुङले कालोपत्र गर्न सुरु गरेको हो।

बेनी–१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडक कालोपत्र हुन थालेपछि तीनवडाका नौ हजार नागरिक लाभान्वित हुने भएका छन्। यस सडकखण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्रे सुरु भएको छ। सडक डिभिजन कार्यालय बाग्लुङमार्फत चालु आर्थिक वर्ष एक हजार ३०० मिटर सडक कालोपत्रे गर्न सुरु गरिएको बेनी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष टेकबहादुर रावलले जानकारी दिए।

नालीसहित ८ दशमलब २० मिटर फराकिलोमा सडकलाई कालोपत्रे गरिने जनाइएको छ। सडक डिभिजनमार्फत सडक कालोपत्रे गर्न एक करोड ३७ लाख र सडक स्तरोन्नति गर्न एक करोड १२ लाख ७६ हजार रुपैयाँमा ठेक्का लिएको र निर्माण कार्यलाई अघि बढाएको निर्माण कम्पनीका साइड इन्चार्ज बलराम केसीले जानकारी दिए।

‘यो महिनामा सडक कालोपत्रेको काम सक्छौँ, स्तरोन्नतिको काम पनि अघि बढाएका छौँ। त्यो पनि छिट्टै पूरा हुन्छ,’ उनले भने। चालु आर्थिक वर्ष रत्नेचौर क्षेत्रको सडक कालोपत्रेको काम सकिने र उपल्लाचौरदेखि अर्जम क्षेत्रको सडक स्तरोन्नतीको काम सकिने बताइएको छ।

सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलान समेत गरी स्तरोन्नति गरिने सडकको काम समेत ७० प्रतिशत सम्पन्न भएको छ। सडकको ट्रयाक निर्माण भएको करिब दुई दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए।थाहाखबरबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link