Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

भारतीय सेनाप्रमुख र उनकी पत्नीसहित १३ जनाको मृत्यु

loading views..
Nepal Telcome

पोखरा।भारतीय सुरक्षाा प्रमुख विपीन रावत र उनकी पत्नीसहित ११ जनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमेको छ।

भारतीय सेनाले ट्विट गर्दै यसबारे जानकारी दिएको हो।

भारतीय सुरक्षा प्रमुख रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर एमआई-१७ भीएच बुधबार मध्यान्हमा दुर्घटनामा परेको थियो।

तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार उक्त हेलिकप्टर एउटा रुखमा ठोक्किएको थियो।

रावत भारतीय वायु सेना अर्थात इन्डियन एयर फोर्स-आईएएफको हेलिकप्टरमा सवार थिए। सुलुरस्थित आर्मी बेसबाट स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा हेलिकप्टर उडेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।  हेलिकप्टर सुलुरबाट वेलिङ्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेजमा जाँदै थियो। दुर्घटना भएको ठाउँ वेलिङ्टनबाट १० किलोमिटर दुरीमा रहेको जनाइएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link