Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

पार्टी बलियो हुन भीड होइन, विचार बलियो हुनुपर्छःप्रचण्ड

loading views..
Nepal Telcome

पोखरा।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्नेतर्फ रहेको बताएका छन्। पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं । हाम्रो ध्यान चाहिँ समाजवादी क्रान्तिको विकास कसरी गर्ने भन्नेमा छ ।’ उनले मधेशकै पहिचान र अधिकारको निम्ति आफूहरुले लडाईं लडेको पनि बताए। उनले भने, ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेशमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेशका विभिन्न जिल्लाहरुका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।’

अध्यक्ष प्रचण्डले अहिले मधेशी जनता र वुद्धिजीवीहरु माओवादी प्रतिको भ्रमबाट मुक्त हुँदै गएको देखिएको बताए । उनले भने, ‘हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले विस्तारै आउँदै गएको छ ।’ मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्र बाहेक अरु कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उनको दाबी थियो । उनले भने, ‘त्यसैले पहिलो कुरा विचार र राजनीतिक एजेण्डा हेर्नुपर्छ । मान्छे हेर्ने पनि होइन । उसको पछाडिको भीड पनि हेर्ने होइन ।उनले पार्टी बलियो हुन भीड होइन, विचार बलियो हुनुपर्ने तर्क गरे।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताए। उनले पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गरे।

पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेशका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताएका थिए । झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link