Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्डलाई कोरोना! भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा

loading views..
Nepal Telcome

पोखरा। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि नै आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड-१९  परीक्षण आइतबार गरिने भएको छ।

प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुसमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

माओवादी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतका अधिकांश नेताहरुलाई कोरोना पुष्टी भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link