Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंकको साधारणसभा: १०.४ प्रतिशत लाभांस पारित

loading views..
Nepal Telcome

काठमाडौं। माछापुच्छ्रे बैंकको साधारणसभाले १०.४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औं साधारणसभाले लाभांस पारित गरेको हो।

बैंकले ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांस दिनेछ।  बैंकले विहीबारबाटै लाभांस वितरण सुरु गरिसकेको जनाएको छ।साधारणसभाले सर्वसाधारण सेयरधनी समुहको तर्फबाट जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई संचालकमा निर्विरोध चयन भएका छन्।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ संचित छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link