Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

आइसोलेशन छोडेर सार्बजनिक कार्यक्रममा खड्ग प्रसाद

loading views..
Nepal Telcome

पोखरा।  कोरोना संक्रमण पुष्टि भएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।  युवा संघले १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन्। उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेतलगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

श्रीमती राधिका शाक्यसहित कार्यक्रमस्थलमा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै कार्यकर्ताहरुलाई सामाजिकदुरी कायम गर्न आग्रह गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले कोरोनाको कारण आइसोलेसनमा बस्नुपर्ने भएपनि ओली आफूहरुको मायाले कार्यक्रममा आएको बताउँदै प्रशंसा गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link