Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

खोपमा २ अर्व बढी रकम हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

loading views..
Nepal Telcome

पोखरा। कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी  परेको छ। एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री  खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै आयोगमा मंगलबार उजुरी दर्ता गरेको हो।

‘स्वास्थ्यमन्त्री  विरोध खतिवडाले जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्व ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ।’ राष्ट्रिय युवा संघ नेपाल सह संयोजक संजिव कुमार सुरज झाले अख्तियारमा दिएको उजुरीमा भनिएको छ।

नागरिकलाई पर्याप्त खोप लगाउन पर्नेमा उल्टै राज्यकोषबाट खर्च गरी खरिद गरिएको र कोभ्याक्स सुविधा मार्फत मुलुकमा आएको खोपको चरम दुरुपयोग भएको संघले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link