चीलगाडी चढ्न्या जडीबुटी “कगोलीहरु सुनको थालीमा बसेर कटौरामा भिख मागी खान्छन्” मात्र तिन महिना प्रधानमन्त्री भएका ३५ वर्षीय कवि लुबुम्बाको हत्या यसरी भयो दुई वर्ष अघिको कु्रा हो । म धनगढीको एयरपोर्टमा अछाम जानको लागि फ्लाइट पर्खिरहेकी थिए । छेउमै बसेका दुइचार जना मान्छेको बिचमा एकजना मान्छे कुरा गरिरहेका थिए । उनी शान्ति मिसनका मान्छे रहेछन् । जो अफ्रिकन देश कंगोको बारेमा कुरा गरिरहेका थिए । उनी भन्दै थिए,“कंगो सुनको थालीमा बस्छ तर त्यहाका जनता पर्यटक र शान्ति मिसनको मान्छेसँग म भोकै छु, मेरा बालबच्चा भोकै छन्, भन्दै एक प्याकेट बिस्कुटका लागि अनुनय विनय गर्छन् ।”
जनता यो लेवलका गरिब ! तर त्यहाका दलाल नेताहरुको कारण अमेरिका कंगोमा प्राइभेट एयरपोर्ट बनाएर रातदिन कंगोको सुन अमेरिका ओसार्छ । यो अमेरिकी जहाजमा ओसारिने कंगोको सुन अमेरिकाले कौडीका दाममा कंगोका दलाल शासकसँग किनेर अमेरिका लान्छ । जसका कारण त्यहाका दलाल नेता अरबपति छन्, जनता भिखमंगा छन् । नेपालजस्तै के ? भन्दै उनी ‘रिपब्लिक अफ कंगो’ होइन कि ‘डेमोक्रेटिक रिपब्लिक अफ कंगो’ बारेमा कुरा गरिरहेका थिए । जो अफ्रिका महादेशको दोस्रो ठुलो देश हो । उनले कंगोको बारेमा कुरा गर्दै गर्दा मैले कंगोली युवा कवि पेट्रिक लुम्बुबालाई सम्झन पुगे । जसले दोस्रो विश्वयुद्ध पछि औपनिवेशिक देशहरु स्वतन्त्र हुदै गइरहेको बेला सन १९५० को दशकमा कंगोलिज नेसनल पार्टी गठन गरे । जसका कारण कंगो ३० जुन १९६० मा बेल्जियमको औपनिवेशिकताबाट मुक्त भयो र लुबुम्बा आजाद कंगोको पहिलो प्रधानमन्त्री भए । उनले आफु प्रधानमन्त्री हुने बित्तिकै कंगोलाई औपनिवेशिकताबाट मात्र मुक्त होइन कि नवउपनिवेशिकताबाट पनि मुक्त गर्न चाहे । उनले कंगोमा पाइने युरेनियम र सुनखानी जो अमेरिकाको कब्जमा थियो त्यसको विरोध गरे ।
लुबुम्बाको विरोधले अमेरिकी साम्राज्यवाद यति विक्षिप्त भयो कि अमेरिकी साम्राज्यवादी सरकारले सीआइए लगाएर कंगोको दलाल सत्ता एवम् दलाल राष्ट्रपतिसँग मिलेर ७ डिसेम्बर सन १९६० मा पेट्रिक लुबुम्बालाई प्रधानमन्त्री पदबाट अपदस्त गरि गोली र तेजाबले नुहाएर माऱ्यो । कवि एवम् प्रधानमन्त्री लुबुम्बा यति अपमानित गरि मारिए कि उनको हातलाई पछाडिबाट साङलोले बाधेर उनकै श्रीमती र बच्चाहरुको अगाडि पेट्रिकलाई लात्तीमुक्काले हान्दै थुक्दै पिट्दै कटांगा क्षेत्रमा ल्याएर अमेरिकी साम्राज्यवादले बेल्जियमसँग साठगाँठ गरि लुबुम्बाको विभत्स हत्या गऱ्यो । कंटागाा कंगोको त्यही सुदुर क्षेत्र हो जहा युरेनियमका खानीहरु छन । यही कंटागा क्षेत्रको युरेनियम प्रयोग गरेर अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा (दोस्रो विश्वयुद्ध सन १९४५) वम बर्षाएको थियो । यही वम बर्षक अमेरिकी साम्राज्यवादले युरेनियम पाइने कंटागा क्षेत्रमा आफ्नो कब्जा जमाइ राख्नका लागि कथित विद्रोहीहरुलाई विगत देखि वर्तमान सम्म पालेकै छ । कंगोलाई लुटेकै छ । कंगोको उपनिवेश र नवउपनिवेशिक उत्पीडनको पहाड यति कहालीलाग्दो छ कि बेल्जियमका राजा लियोपोट जो सन् १९०९ मा मरे उनको पालमा मात्र तत्कालीन साम्राज्यवादी बेल्जियमले एक करोड कंगोलीहरुलाई मुसा मारे झै माऱ्यो ।
अहिले नवउपनिवेशिक अमेरिकाले दलाल कंगोली शासकहरु सँग मिलेर कंगोको प्राकृतिक स्रोत साधन माथि कब्जा जमाउदै कंगोका जनता माथि हत्या दमन जारी राखेर कंगोलीहरुलाई भिखमंगा बनाइरहेको छ । कंगोली माथिको लुट एवम् पेट्रिक लुबुम्बाको हत्याले प्रमाणित गर्छ अमेरिका तेस्रो मुलुकमा भएको प्राकृतिक स्रोत साधनमाथि कब्जा बाहेक केही चाहदैन । स्वतन्त्रता र मानवअधिकार अमेरिकी साम्राज्यवादले ओढ्ने नक्कली घुम्टो मात्र हो । नक्कली घुम्टो भित्रको कोब्रा अनुहार त चे को हत्या, लुबुम्बाको हत्या, चिलीका राष्ट्रपति यलेन्देको हत्या, इण्डोनेसियाका राष्ट्रपति सुकानोको हत्या, सद्दामको हत्या, गद्दाफीको हत्या, हिगोचाबेज र गोन्जालोको घुमाउरो हत्या यस्ता थुप्रै हत्या र फिडेल क्यास्ट्रोको पटक पटक हत्या प्रयासले पनि अमेरिकी साम्राज्यवादको कोब्रा अनुहारलाई थप प्रमाणित गरेकै छ । बाकि अरु भियतनाम, फिलिस्तिन, ल्याटिन अमेरिका र अफगानिस्तान आदि जस्ता देशहरुले अमेरिकि साम्राज्यवादको खोस्टो प्रजातन्त्र र मानवअधिकारलाई उदांगो पारेका छन । कर्नालीका जडीबुटी चिलगाडी चडी उड्डा यही चिलगाडी चडी उडने जडीबुटीको बारेमा भारतीय म्यागजिन इन्डिया टुडे या माया म्यागजिन हो । यी दुई म्यागजिन मध्ये एक म्यागजिनमा मैले सन् १९७६–७७ तिर कर्नालीको जडीबुटीको बारेमा स्थलगत रिपोर्ट सहितको लेख पढेकि थिए ।
उक्त लेखमा लेखिएको थियो, “कर्नालीका स्थानीय जनता हवाइजहाजलाई चिलगाडी भन्छन र त्यो चिलगाडी राती एयरपोटमा बास बसेपछि कर्नालीवासीहरु अब हाम्रो जडीबुटी चिलगाडीले उडाइ लैजादो भन्दै पीर गर्दारहेछन ।” उक्त स्थलगत रिपोर्टमा यो पनि लेखिएको थियो, कर्नालीबाट हवाइजहाजले त्यहाको जडीबुटी नेपालगञ्ज एयरपोटमा ल्याउछ । नेपालगञ्जबाट त्यो जडीबुटी रुपैडिहा नाका हुदै दिल्ली पुग्छ । दिल्लीबाट अमेरिका पुग्छ । कर्नालीबाट दिल्ली, दिल्लीबाट अमेरिका पुग्ने कर्नालीको जडीबुटीको मुल्य चाहि रुपैडिहाको नाका पुग्दा लाख । रुपैडिहाबाट दिल्ली पुग्दा करोड । दिल्लीबाट अमेरिका पुग्दाको रकम अरब भनि लेखिएको थियो । ठ्याक्कै अङ्क बिर्सिएकीले मैले लाख, करोड, अरब भनी सिधा लेखेकी हु । उक्त लेखमा यो पनि लेखिएको थियो कर्नालीको जडीबुटी अवैधानिक रुपमा सेटिङ्गमा बेचे वापत पाइलट, प्रशासन र माथिको मुख्यालयले लाखौ रकम जडीबुटीको मात्रा अनुसार कमिसनमा कुम्ल्याउछन । तर कर्नालीका जनतालाई हात लाग्यो शुन्य आशय सहितको गजबको तथ्यगत रिपोट छापिएको थियो । यहासम्म कि जडीबुटी माफिया क–कसले कति रकम कालो धन कमाउँछन भन्ने अङक समेत उल्लेख थियो । तर उक्त लेख पढेको धेरै बर्ष भएकोले म अङ्क बिर्सिए । जेहोस नेपालका पत्रपत्रिकामा यस्ता जडीबुटी माफियाको सेडिङ्ग, कमिसन र बिक्रिबारे कहिल्यै पढ्न नपाएको उक्त पत्रिकामा पढन पाउदा चाहि नेपालका मिडियाले यस्ता स्थलगत रिपोट किन नलेखेको होला भनि सोचिरहेकि थिए । यदि यताका जनमिडियाले जडीबुटीको माफियाको मुद्दा उठाउदै यतैको जडीबुटी यतैको औषधी प्रशोधन बारेमा लेखहरु लेखिदिएको भए वा मिडियाहरुले फुकिदिएको भए जनता आफ्नै देशको जडीबुटी र औषधी प्रशोधनको बारेमा सचेत जानकार्री त पाउथे ।
खप्तड बाबाले बर्षको एकचोटी १२-१५ जना डोके भरिया लगाएर खप्तडको जडीबुटी ब्रह्मदेव वा झुलाघाटको नाका हुदै भारतको टनकपुर पु¥याउथे भनेर सत्यवादी हाइस्कुल भोपुर बझाङमा र चैनपुर बजारमा आउने स्थानीय गाउँलेहरुले सुनाइरहन्थे भन्दै मेरो बुवाले विगत स्मरण गर्नुहुन्छ । यो विगतको कुरा वि।स। २०१५ देखि २०२० साल तिरको हो । त्यतिबेला अछाममा नि.मा.वि. र हाईस्कुल नभएकाले मेरो बुवा बझाङको सत्यवादी हाईस्कुलमा पढनुहुन्थ्यो । त्यो स्कुल मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले स्थापना गरेका थिए । कृषि सम्बन्धी जानिफकार भन्छन, “नेपालमा कृषि क्रान्ति हुने हो भने कैलाली, बर्दिया र झापाजस्ता तिनचार वटा जिल्लाले नेपाली जनतालाई पाल्ने सामथ्र्य राख्दछन । बाकि अरु जिल्लाको अनाज उत्पादन नेपालले निकासी गरेर अरु देशमा पठाउन सक्छ । तर नेपालमा कृषि क्रान्ति हुन दिइदैन । न नै सरकारले किसानलाई कुनैपनि किसिमको न्युनतम स्तरको सुविधा दिन्छ । भारतको पञ्जाबमा गतवर्ष गएकी थिए त्यहा जादा थाहा पाए त्यहा त पञ्जाब सरकारले सिचाईको लागि निशुल्क मिटर र पम्पसेट राखि दिदो रहेछ ।
नेपाल जस्तो देशमा अन्तर्राष्ट्रिय दलाल पुजीपतिहरुले नवउपनिवेशी एवम् विस्तारवादीसँग मिलेर दलाल सत्ताको कब्जामा रहेको देशलाई सस्तो दाममा दास उत्पादन गर्ने थलो बनाएर नेपाल र नेपाल जस्तो अरु देशलाई परनिर्भर सुई र लसुन पनि उत्पादन नगर्ने देश बनाइदिन्छन । नेपाल दलाल सत्ताधारी र नवउपनिवेशबाट मुक्त नहुदासम्म कंगो जस्तै सुनको थालीमा बसेर कटौरामा भिख माग्ने कंगोलीजस्तै नेपाल पनि प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुकका बावजुद पनि गरिबीमा पिल्सिएर रातो बाकस हुन बाध्य भइरहने छ । दलाल सत्ताले नवउपनिवेश सँग कमिसन खाएर नेपालमा न जल क्रान्ति, न कृषि क्रान्ति, न जडीबुटी क्रान्ति जस्ता सबै क्रान्तिलाई बन्धक बनाएर एकातिर आफु कमिसनखोर अरबपति हुने र अर्कोतिर नेपाली जनतालाई रातो बाकस एवम् सस्तो दास बनाउने धन्दा बाहेक फरक काम केही गर्ने वाला छैन । नेपाललाई रातो बाकस बनाउने दलाल सत्ता कोशी, गण्डक, महाकाली बेचेर नपुगी अब नेपालको बचेखुचेको सार्वभौमसत्ता समेत बेचेर नेपालमा एमसीसी ल्याएर देशलाई अफगानिस्तान बनाउछु भन्दै बोलाई रहेको छ । अब देश जाग्ने बेला भएन र ? व्यवस्था बदल्ने बेला भएन र रु युवाहरु जाग्ने बेला भएन र ?