Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

गोरखामा सानिमाको शाखा

loading views..
Nepal Telcome

गोरखा। सानिमा बैंक लिमिटेडले गोरखाको शक्ति चोकमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको समुद्घाटन बैंकका ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका छन् ।

शाखा उद्घाटन समारोहमा मह जोडीले गोरखाको शक्ति चोकमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गरे । साथै, सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता निम्ति शुभकामना व्यक्त गरे ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहज रूपमा सबैको पहुँच पुग्नेगरी सेवा प्रदान गर्न सुझाव दिए । सानिमा बैंकका सीईओ पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग निम्ति कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकले देशभर हालसम्म १२३ कार्यालय र १०३ वटा एटीएममार्फत बैंकिङ सेवा दिइरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link