Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

अर्थमन्त्रीको राजिनामा माग

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग भएको छ । व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्य प्रकाश स्नेहीले माग गरेका हुन् । उनले यसबारे प्रधानमन्त्री देउवाको जवाफ आइनसकेको र गम्भीर भएर सुनेको जानकारी गराए ।

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका स्नेहीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग गरेको बजेट विनियोजनमा ढिलाई, अर्थतन्त्रको सूचकलगायतका कारण अर्थमन्त्री शर्मा असक्षम भइसकेकोले सत्ता गठबन्धनभित्र छलफल गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको बताए ।

शनिबार शेखर कोइरालाले पनि सार्वजनिक कार्यक्रममा अर्थतन्त्र सुधार गर्न नसक्ने अर्थमन्त्रीबारे प्रधानमन्त्रीले बेलैमा सोच्नुपर्ने बताएका थिए ।

कांग्रेस बैठक सानेपामा जारी छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link