Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”

loading views..
Nepal Telcome

काठमाडौं।। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया रहेको उनका प्रेस संयोजक विष्णु सापकोटाले पोखरा प्रेसलाई जानकारी दिए । प्रधानमन्त्री ओली भने संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिस गर्न शीतलनिवासमा छन् । नेकपाकै नेताहरुले ओलीको यो कदमको कडा रुपमा विरोध गरिरहेका छन् । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीले असंवैधानिक कदम चालेको भन्दै यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link