Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा व्हाटमोर

loading views..
Nepal Telcome

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ व्हाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै व्हाटमोरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

विज्ञप्तिमा संघको जेनेरल म्यानेजरमा रौनक बहादुर मल्ल, चिफ फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने तथा क्रिकेट म्यानेजरमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान बिनोद दासलाई नियुक्त गरेको उल्लेख छ ।

क्यानले मुख्य प्रशिक्षक लगायतका बिभिन्न पदमा केही समयअघि आवेदन मागेको थियो।

नेपालको मुख्य प्रशिक्षक नियुक्त भएपछि व्हाटमोरले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको र नेपालमा काम गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

पूर्व अस्ट्रेलियन टेस्ट क्रिकेटर व्हाटमोरको प्रशिक्षणमा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो । प्रशिक्षक ह्वाटमोरले पाकिस्तान, बंगलादेश र जिम्बावे राष्ट्रिय क्रिकेट टिम तथा आईपीएलमा कोलकाता नाइट राइडर टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link