Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गोरखा नगरपालिकाद्वारा कृषक तथा कृषि फर्मलाई कृषि औजार उपकरण बितरण

loading views..
Nepal Telcome

 

गोरखा।गोरखा नगरपालिकाले पालिका भित्र दर्ता भएर सञ्चालनमा आएका र प्रकिया पुगेका विभिन्न कृषक तथा फर्मलाई कृषि औजार उपकरण बितरण गरेको छ ।

आज एक कार्यक्रम गरि गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नु भएको हो। पशुपालन गर्ने कृषक तथा फर्मलाई ५०% प्रतिशतको अनुदानको १८ थान घाँस काट्ने मेसिन ७५% प्रतिशत मूल्य अनुदानमा १९ वटा फर्मलाई मकै छोडाउने मेसिन ७५% प्रतिशत मूल्य अनुदानमा कुटनी पिसनी मिल ११ वटा कृषक समूह तथा फर्मलाई साथै दाना बनाउने मेसिन ५० प्रतिशत  अनुदानमा ४ वटा फर्मलाई बितरण गरिएको कृषि शाखा प्रमुख नबिन अधिकारीले बताए । कृषि शाखामा धेरै माग भने कुटनी र पिसनी मेसिनको रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link