Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा गोरखामा एक युवकको मृत्यू

loading views..
Nepal Telcome

गोरखा। मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक युवकको मृत्यू भएको छ ।गोरखा नगरपालिका ५ पस्लाङमा भएको बा ६५ प ५०५६ नंबरको मोटरसाइकल दुर्घटनामा परी २५ बर्षीय स्थानीय प्रतीक थापा मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा काँडेतारबारमा अल्झेर मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका उनलाई अस्पताल ल्याएपछि उपचारको क्रममा मृत्यू घोषणा गरिएको  वडाअध्यक्ष खिलबहादुर रानाले जानकारी दिए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link