Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अब एमाले ब्युँतिन्छ : खड्ग प्रसाद ओली

loading views..
Nepal Telcome

 

काठमाडौं।संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका ओलीले अब एमाले ब्युँतिने बताएका छन् ।

पार्टी एकता भने भंग हुने र पूर्वसमूह ( एमाले र माओवादी) आ–आफ्नो बाटो लाग्न सक्ने ओलीको विश्लेषण छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्य चिह्नलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिह्न प्रचण्ड समूहले पाउने उनले जनाउ दिए ।

बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन । त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरू आ–आफ्नो बाटो लाग्छन् ।’

‘त्यसपछि आ–आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कोही (माधव नेपालहरू) प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्टजी हामीतिर आउनुभएको छ ।’

पार्टी एकता भंग भएको अवस्थालाई अध्ययन गरेर निर्वाचन आयोगले पनि फैसला लिने ओलीको विश्लेषण छ ।

उनको संकेत नेकपा एमाले ब्युँतिने र सूर्यचिह्न एमालेको भागमा पर्ने रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link