Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

चिरौदी पुलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

loading views..
Nepal Telcome

पोखरा। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको टेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका चालक र सहचालकको उपचारपछि उनीहरू प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link