Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

गोरखामा माओबादीले तोक्यो चुनावी कमाण्डर

loading views..
Nepal Telcome

गोरखा।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवारी तोकेको छ । जिल्ला समन्वय समितिको आइतबार बसेको पूर्ण बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ समन्वय समितिको इन्चार्जमा अमर तमु, संयोजकमा छमबहादुर गुरुङ, सचिवमा अङ्कुर तिमिल्सेना (आयाम)लाई जिम्मेवारी दिएको छ ।

त्यस्तै क्षेत्र नं १ अन्तर्गत प्रदेश सभा (क) मा इन्चार्जमा लेखबहादुर थापा, संयोजकमा शोभा लामिछाने, सचिवमा जीवन गुरुङलाई जिम्मेवारी दिइएको उनले बताए । त्यस्तै प्रदेश (ख) को इन्चार्जमा सुशीला सिम्खडा, संयोजकमा ऋषि खनाल, सचिवमा प्रेमचन्द्र श्रेष्ठलाई चयन गरिएको जिल्ला संयोजक भट्टले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को इन्चार्जमा परशुराम रम्मेल, सह इन्चार्जमा खोपबहादुर कँडेल, संयोजकमा भुवन सुनार र सचिवमा रामकुमार कोइरालालाई चयन गरिएको उनले बताए ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ (क) को इन्चार्जमा कमला नहर्की, संयोजकमा रामचन्द्र सेडाइँ, सचिवमा सुदिप नगरकोटी तथा (ख) को इन्चाजमा दीपक देवकोटा, संयोजकमा नवराज पुडासैनी र सचिवमा सुनिल परियारलाई चयन गरिएको अध्यक्ष भट्टले जानकारी दिए । जिल्लाभित्रका सबै पालिकामा निर्वाचन रणनीति तय गर्नका लागि तत्काल बैठक बस्ने निर्णयसमेत गरेको छ ।#रासस

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link