Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भइरहेको छ : मेयर रेनु दाहाल

loading views..
Nepal Telcome

भरतपुर। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्ने गरी पहल भइरहेको बताउनुभएको छ ।बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पातल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भईरहेको उल्लेख गर्नुभयो।आगमी आर्थिक वर्षमा शिक्षण अस्पतालका लागि केन्द्रीय सरकारले बजेट विनियोजन गर्ने मेयर दाहालको भनाई थियो ।
देशको केन्द्र भागमा रहेको अस्पतालमा शिक्षण अस्पताल सञ्चालनका लागि प्रयाप्त जनशक्ति रहेकाले शिक्षण अस्पताल निर्माण गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो ।
उहाँले अस्पतालमा निर्माण भएको कुरुवा घर र आकस्मिक भवन तोकिएकै मितिमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
३० वर्षदेखि साँघुरो र पुरानो आकस्मिक कक्ष सञ्चालन गर्दै आएको भरतपुर अस्पतालले आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु गरिसकेको छ ।
अस्पतालले पुरानो भवनमा २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिरहेको थियो ।  अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गतेदेखि ५० शैया नै सञ्चालनमा आउने छ  । यो भवनको माथिल्लो तलामा ट्रमा सेन्टर निर्माण गर्न सके धेरै विरामीको ज्यान बचाउन सकिने मेसु पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुर अस्पताललाई केन्द्रीय सरकारले देशकै महत्वपूर्ण अस्पातलको रुपमा हेर्ने गरेको बताउनुभयो । अस्पताललाई केन्द्रीय अस्पातलको सेवा सुविधा उपलब्ध गराउने गरी कामहरु अगाडि बढेको जानकारी दिनुभयो ।
आकस्मिक भवन केन्द्रीय बजेटबाट करिब ८ करोड खर्चेर तयार गरिएको हो । अस्पतालले ६ सय शैयाको सेवा प्रदान गर्दै आइरहेको छ ।
–––

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link