Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

डिजिटल सर्भिस मार्केटप्लेस ‘सजिलो सेवा’ अब पोखरामा

loading views..
Nepal Telcome

पोखरा। डिजिटल सर्भिस मार्केटप्लेस (सेवा बजार), ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ। अब पोखरेली सेवाग्राहीहरुले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै प्लम्बिंग, इलेक्ट्रिकल, देखि होम सलून सम्म एकै ठाउँमा प्राप्त गर्न सक्नेछन्।

सन् २०१७ देखि  काठमाडौँमा सञ्चालनमा आएर ५०,००० भन्दा धेरै अर्डर सम्पन्न गरेको कम्पनीले पहिलो पटक काठमाण्डु  उपत्यका बाहिर सेवा विस्तार गर्न लागेको जानकारी दिएको छ।

कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख कविश भक्त श्रेष्ठकाअनुसार सजिलो सेवाले सन् २०२७ सम्म देशभर १०,००० भन्दा धेरै युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्ष लिएको छ र त्यसै अनुरुप आक्रामक ढंगले देशभर सेवा विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ। हालसम्म कम्पनीले २५० भन्दा धेरै सेवाग्राही मार्फत ५० भन्दा धेरै सेवा प्रदान गर्दै आइरहेको छ।

पोखरा नेपालको पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएको र पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न गुणस्तरीय सेवा अपरिहार्य रहने हुनाले घर, अफिस तथा पर्यटकहरुलाई  सजिलो सेवा सान्दर्भिक हुने हुनाले सेवा विस्तार गर्न लागेको श्रेष्ठले बताए।

सजिलो सेवा पोखराका प्रमुख बिमल बास्तोलाकाअनुसार पोखराको बजारमा सजिलो सेवाको प्रवेशले यहाँको बजारमा सेवाको गुणस्तरमा उल्लेख्य सुधार आउने छ। अहिलेनै ४० जनाले आफूलाई दर्ता गरिसकेको बास्तोलाले बताए । पोखरामा सजिलो सेवासंग जोडिन चाहने व्यक्ति तथा संस्थाले कम्पनीको वेबसाइट, एप वा फोनमार्फत आफ्नो नाम टिपाउन सक्ने छन्।

कम्पनीकाअनुसार सेवाग्राहीले पहिलो ३ महिनासम्म सजिलो सेवाको एपमार्फत अर्डर गर्दा “sajiloapp” प्रोमो कोड प्रयोग गरेर ५०% छुट प्राप्त छुट प्राप्त गर्नेछन्। पोखरा पछि नेपालका अन्य प्रमुख सहरहरुमा पनि छिटै सेवा विस्तार गर्ने कम्पनीले जानकारी दिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link