Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

अनधिकृत रुपमा उकेरा डटकमको प्रकाशित सामग्री हटाएकोमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण

loading views..
Nepal Telcome

काठमाण्डु।पाथसिड नेपाल प्रालिबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा अनधिकृत रुपमा प्रवेश गरी प्रकाशित सामग्री हटाउने कार्य भएकोमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको जनाएको छ।

सुप्रिम सहकारी आर्थिक संकटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रकाशित समाचारसँगै अन्य समाचार समेत डिलेट गरिएको पाथसिडका अध्यक्ष सुरेश ढकालले जानकारी दिएको प्रेस विज्ञप्तीमा उल्लेख छ।

“लामिछानेको नागरिकता र राहदानीको विवादबारे उकेराडटकममा प्रकाशित समाचारबारे उकेराका प्रधान सम्पादक केपी ढुंगानालाई सामाजिक सञ्जालबाट निरन्तर थ्रेट आइरहेको प्रति हाम्रो आपत्ति छ,” विज्ञप्तीमा भनिएको छ।

प्रकाशित समाचार बारे कसैको चित्त नबुझेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै सो प्रक्रिया अबलम्बन नगरी मिडिया र पत्रकारको सुरक्षा चुनौती बढाउने कार्य निन्दनीय भएको भन्दै संघले यस घटनाको भत्सर्ना गर्दै छानविन गरि दोषीमाथि कारबाही र पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link