Skip to content
Pokharapress Logo
१४ श्रावण २०८३, बिहीबार

नेपाल टेलिकमको रिचार्ज कार्डमा बोनसै बोनस

loading views..
Nepal Telcome

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २००, ५०० र  १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने भएको हो ।

रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलब्ध हुने कम्पनीे जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी र रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

यो अफर मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्पेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link