Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

बतास फाउन्डेसनले गऱ्यो गण्डकी क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

loading views..
Nepal Telcome

पोखरा। बतास फाउन्डेसनले गर्यो  गण्डकी क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण बुधबार मङ्सिर २१, २०७९18:22:00 16 Shares काठमाडाैं । बतास फाउन्डेसनले गण्डकी क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बतास अर्गनाईजेसन अन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो ।  गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरीएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने बताइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरीने अ स्पतालले जनाउको छ ।  बतास फाउन्डेसन र  बतास अर्गनाइजेसनबाट गरी कुल ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर  १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत तीन करोड पैतालीस लाख सत्रहजार पााचसय पचपन्न  रुपैयाँ सङ्कलन भएको थियो । अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई हृदयङ्गम गर्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम सङ्कलन महाअभियान सुरु गरेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link