Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गोरखाको चम्पावती हाइड्रोमा अज्ञात समूहद्वारा तोडफोड र आगजनी !

loading views..
Nepal Telcome

गोरखा। गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेबेसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयहरूले आगजनी गर्दा सभा कराेडकाे जति क्षति भएकाे छ । हाइड्रो पावरले बलमिच्याइँ गर्दा आफूहरूको सिञ्चाइ आयोजना बन्द हुने अवस्थामा पुगेको भन्दै उनीहरूले शनिबार केही सवारी साधनसहित हाइड्रोको कार्यालयमा आगजनी गरेका हुन् ।
हाइड्रोपावरको काम मापदण्ड विपरीत रहेको भन्दै छिमेकी जिल्ला लमजुङको राइनास नगरपालिकाबाट पुगेका अज्ञात समूहले कार्यलय परिसर भित्र रहेका दुई वटा मिनीट्रक, एउटा जेसीभी र जस्ताले छाएको दुईवटा अस्थायी टहरामा आगो लगाइदिएका हुन् ।
कार्यलयभित्र रहेको फर्निचरको सामग्रीसमेत उनीहरूले तोडफोड गरेको बताइएको छ । मिनी ट्रक पूर्ण रुपमा क्षति भएको र जेसीबीमा आंशिक क्षति पुगेको बताइएको छ । आगजनी पछि इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
क्षतिको विवरण यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘अघिदेखि नै हाइड्रोको पानीको निकास कहाँ गयो, कुलाको बाँधभन्दा तल पानी निस्कियो भन्ने विवाद थियो,’ उनले भने,‘गत भदौमा स्पटमै बसेर हामीले कुराकानी पनि गरेका थियौँ, आज(शनिबार) त्यही विषयलाई इस्यू बनाएर आगजनी भए छ, मान्छे आएर सिधै आगजनी गर्नु  कुनै पनि मानेमा स्वीकार्य हुन सक्तैन्।
२०४९ सालबाट सिञ्चाइ हुँदै आएको राइनासटार सिञ्चाइ आयोजनालाई बेवास्ता गरी बल मिच्याइँ गरेर हाइड्रोपावर सञ्चालन हुन लागेपछि स्थानीयले विरोध जनाएको राइनास नगरपालिका–३ का श्रीकृष्ण पौडेलले बताए । ‘हाइड्रोले सिञ्चाइ आयोजना बन्द हुने परिस्थितिमा पुग्यो,’ उनले भने,‘अब पानी कहाँ झर्छ भन्ने हाम्रो कुरा रहेन, हाइड्रोपावर बन्द हुनुपर्छ भन्ने माग गरिएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link