Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

चन्द्रागिरीको भ्रष्टाचारी आरोपित श्रीकृष्ण माविका प्रधानाध्यापक बलराम कार्की विरुद्ध अख्तियारमा उजुरी

loading views..
Nepal Telcome

काठमाण्डु। चन्द्रागिरी नगरपालिका वडा नम्बर १ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रधानाध्यापक बलराम कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
लामो समयदेखि विद्यालयमा अनियमितता र भ्रष्टाचार गरेको भन्दै कार्कीविरुद्ध उक्त माविका ‘सचेत अविभावकहरू’ ले उजुरी दिएका हुन् । कार्कीले सबुद प्रमाण नष्ट गर्न सक्ने भएकाले उनलाई निलम्बन गरी छानबिन गर्न उनीहरूले माग गरेका छन् ।
विज्ञान प्रयोगशाला निर्माणका लागि आएको रकमको सबै सामान नकिनेको, शिक्षण शिकाइ सामग्री खरिदका लागि आएको रकमले सामग्री खरिद नगरी फर्जी बिल बनाएको, बुक कर्नर तथा पुस्तकालय निर्माणमा पनि अनियमितता गरेको उनीहरूको आरोप छ ।
अभिभावकहरूले दिएको उजुरीमा विभिन्न १५ बुँदामा कार्कीमाथि आरोप लगाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link