Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

प्रचण्ड-नेपालाई अर्को केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीको निमन्त्रणा

loading views..
Nepal Telcome

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहलाई अर्को केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका छन्। शुक्रबार आप्रवासी नेपालीहरुलाई अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले उहाँहरुजस्तो प्रथम अध्यक्षलाई कारवाही नगरिएकोले अर्को केन्द्रीय कमिटि बैठकमा उपस्थित हुन अनुरोध गरेका हुन्।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिले पार्टी विभाजन नभएको र केही विचारमा स्पस्ट नभएका साथीहरु पार्टी छोडेर सडकमा अलपत्र परेको बताए। उनले भने ‘पार्टी विभाजन भएको छैन्, पार्टी विभाजन हुँदैन्, पार्टी विभाजन हुन दिदैन। पार्टीका बैठकमा नआउने किन अन्यन्त्र जाने बोलाउँदा नआउने बाहिर हल्लामात्रै गर्ने।’ उनले संसद विघटन पछि सांसदको हस्ताक्षर अभियान चलाउनु लोकतन्त्राको मजाक भएको बताए।

५० वर्षअघि प्रतिबन्धित, जेल वा चर्को दमन गरिएका ससाना टुक्राबाट नयाँ कार्यकर्ता र नयाँ पार्टी निर्माण गरिएको स्मरण गराउँदै उनले लोकतन्त्रको रक्षा गर्न, संविधानको कार्यन्वयन गर्न र आन्दोलनको संरक्षण गर्नको लागि ताजा जनादेशमा जान बाध्यात्मक अवस्था आएको बताए।

मुस्किलले टप वार्गेनिङ गरेर पार्टी एकता गरिरएको तर, सूर्य चिन्हमा भोट गर्ने सहमति भंग गर्नु नै सहमति तोड्ने सिलसिलाको सुरुवात भएको उनको भनाई छ। उनले अनेक राजनीतिक दलहरुसँग सरकार निर्माणको लागि सम्वाद गर्ने र त्यता कुरा नमिले पछि यता पार्टी भित्रै खोइरो खन्न थाल्ने प्रवृत्तिले अहिलेको अवस्था आयको बताए।

सडकमा जानेहरुले न उमेरको, न योगदानको, न इतिहासको मर्यादा राख्न सकेको बताउँदै उनले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई अमर्यादित, अभद्र, अश्लिल र असभ्य नारा लगाएर लोकतन्त्रको खिल्लि उडाएको बताए।

उनले पार्टीका साथीहरुले प्रतिपक्षको भूमिका निर्वाहा गरेर संसदीय व्यवस्थालाई विधि मजाकको स्थितिमा पुर्याएको बताए। आजका साथीहरुले नै अघिल्लो पटक पदच्यूत गरेको अबताउँदै ओलीले सञ्चारमाध्यममा लगानी गरेरे सरकार र नेतृत्वलाई खुइल्याइएको दावी गरे। उनले संविधान कार्यन्वयन नगर्ने, स्थिरताको पक्षमा नरहेकाहरुले एकपछि अर्को षड्यन्त्र र पटक पटक हस्ताक्षर अभियान चलाएको बताए।

पार्टीको वैधानिकता कसैले चिकर्टो निवेदन निर्वाचन आयोगमा हालेर नहुने बताउँदै उनले जनताले आफूलाई जनादेश दिएकाले आफू नै वैधानिक भएको दावी गरे। वैधानिकता सडकमा गएर र सञ्चार माध्यममा गएर तमासा देखाएर हुने चिज नभएको उनको भनाइ छ।

आप्रवासी नेपाली हरुलार्ई नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री आलीले निरास नहुन र सकारात्मक हुन सबैलाई आग्रह गरे।
डिसी नेपालबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link