Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू तनहुँको बरादीमा भेटिए

loading views..
Nepal Telcome

गोरखा। गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू तनहुँमा फेला परेको जिल्ला कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

“हराएका सबै चार किशोरीलाई दिउँसो ४ः३० बजे तनहुँको बरादीमा भेटिएको हो”, उनले भने, “उनीहरूलाई गोरखा ल्याउने तयारी भइरहेको छ ।” महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया सङ्गीता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए ।

किशोरीहरू विद्यालयबाट सम्र्पकबिहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । हराएकीमध्येकी एक सरिता परियारको आफन्तको घरमा भेटिएको प्रहरी उपरीक्षक खनालले बताए । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा परियारको उक्साहटमा उनीहरू विद्यालयबाट भागेको पाइएको उनले जानकारी दिए। बरादीबाट आज पोखरातर्फ जाने तयारी गरिरहेको अवस्थामा किशोरीहरू फेला परेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link