Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

एमालेलाई सभामुख नदिने प्रचण्डको दाउ

loading views..
Nepal Telcome

काठमाण्डु। हिजो प्रधानमन्त्री कार्यालयमा केही तथाकथित मुलधारका अनलाइन पत्रिकाका सम्पादकहरुसँगको छलफलमा सभामुख, राष्ट्रपतिबारे कसैसँग पनि सहमति गरिएको छैन,’ प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबारको उक्त भेटघाटमा प्रचण्डले भने । त्यसो त प्रधानमन्त्री हुनका लागि  माओवादी केन्द्रले एमालेसँग राष्ट्रपति तथा सभामुख पदबारे सहमति गरेको दाबी एमाले निकटस्थ माओबादी नेताहरुले बातउँदै आएका छन् ।
तथाकथित मुलधारका सम्पादकहरुसँग प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले विश्वासको मत दिइसकेकाले उसलाई पनि विश्वासमा लिनु आफ्नो जिम्मेवारी भएको बताए । कांग्रेसले कल्पना नै नगरेको काम गरेर आफूलाई समर्थन गरेकाले सभामुखबारे सोध्नुपर्ने अवस्था बनेको उनको भनाइ छ । यसका निम्ति माघ ३ गते सर्वदलीय बैठक आह्वान गरिएको उनले जानकारी दिए ।
सभामुखको निर्वाचन आगामी माघ ५ गते हुँदैछ ।
‘विश्वासको मत लिँदा कांग्रेसले अनुमान गरिए विपरीत उपस्थिति देखाएकाले उसको बारेमा पनि सोच्नुपर्ने अवस्था छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई आज नै विस्तार गर्ने तयारी गरिएको पनि जानकारी दिए । पुस ११ मा प्रचण्डले दुई उपप्रधानमन्त्रीसहित चार मन्त्री लिएर शपथ लिए पनि सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डा लगायत शक्ति बाँडफाँटमा सहमति नबन्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link