Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

लोडसेडिङको तालिका आउनसक्छ तर कुलमान आउने चान्स छैन

loading views..
Nepal Telcome

काठमाडौं। प्रचण्ड माधव समूहबाट मन्त्रीपद प्राप्त गर्ने शर्तमा  ओली समूहमा छिरेका  टोप बहादुर रायमाझीले कुनै पनि हालतमा नेपाल बिद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आउन सक्ने सम्भाबना नरहेको दाबी गरेका छन् । यसअघि कुलमान प्रमुख हुँदा प्राधिकरणले गरेको राम्रा  कामको जस सरकारलाई र मन्त्रीलाई नगएको सम्पूर्ण जस  व्यक्तिगत रुपमा आफुले मात्र लिएर राष्ट्रिय हिरो बनेकोले अब उनको नियुक्तिको कुनै सम्भाबना नरहेको प्रष्ट पारेका छन् । देशमा कुलमान भन्दा धेरै राम्रा मान्छेहरु पनि रहेकाले अब कुलमान मात्र भनेर रोहिरहनु नपर्ने समेत बताएका  छन् । प्रधानमन्त्रीले नरुचाएको व्यक्ति जोसुकै भएपनि यो सरकारले कतै नियुक्ति नदिने कुरामा ढुक्क रहन सबैलाई अनुरोध गर्दै भने बरु लोडसेडिङको तालिका आउनसक्छ तर कुलमान आउने चान्स छैन

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link