Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

बीमामा कृषि प्राबिधिक जाेडिदै

loading views..
Nepal Telcome

गाेरखा। नेपाल बीमा प्राधिकरणले स्थानिय तह गाेरखा नगरपालिका संग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेकाे छ ।

साेमबार गाेरखा नगररपालिकाकाे सभाहलमा आयाेजित छलफल कार्यक्रममा गाेरखा नगरपालिका भित्र स्थानिय कृषकलाई जाेड्नकाे लागि प्रत्याेक वडाबाट २ जनाकाे दरले कृषि प्राबिधिक तालिम दिएर बीमामा उत्पेरित गराउने कार्यक्रम रहेकाे नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पाैडेलले जानकारी दिए ।

जीवन बीमा वा निर्जिबन बीमालाई बिना झन्झट सरकारले लिएकाे नीति अनुसार सेबा प्रादायक बिमा संस्थाहरुले अहिलेकाे बिमा नीतिलाई सहज बनाउन भुमिका खेल्नु पर्ने बताए ।

जिल्लामा रहेर बीमा सम्बन्धी काम गरेका संघ सस्थाका प्रमुख एबम प्रतिनिधीहरुकाे सहभागिता रहेकाे थियाे ।

आयाेजक नेपाल बीमा प्राधिकरणले हरेक ब्यक्ति वा संघ सस्थालाई अनिबार्य बिमा गराउन स्थानिय तहका प्रमुखलाई ध्यानाकर्षण गराएका थिए । एक घर एक बिमा राज्यकाे नीति भएकाले नगरपालिकालाई यसमा पहल गरिदिन आग्रह गरेका हुन् । कृषि लगाएत पशुपंक्षीहरुमा बिमा गर्न विशेष छलफल भएकाे हाे ।

नेपाल बीमा प्रधिकरणकाे कार्यकारी निर्देशक राजु रमण पाैडेलकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी गाेरखा नगरपालिका मेयर कृष्ण रानाकाे रहेकाे थियाे । मेयर रानाले बीमाकाे महत्व सबै तप्का सम्म लाैजाने र बीमा जिबन्त हाे यसलाई आर्थिक समस्याकाे समधान पनि हुने बताउदै मेयर रानले नगरपालिकाले खेल्नु पर्ने भुमिकामा कमि नराख्ने बिश्बास ब्यक्त गरे ।

साेहि कार्यक्रमाम गाेरखा नगरपालिकाका उपमेयर मसली माया थाेकर , विभिन्न शाखाका प्रमुख , बीमा सम्बन्धी संस्थामा काम गर्ने प्रमुख एबम प्रतिनिधीहरुकाे सहभागिता रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link