Skip to content
Pokharapress Logo
२८ असार २०८३, आईतवार

अमेरिकाले फेरि भन्यो–एमसीसी छिटो अनुमोदन हुनुपर्छ

loading views..
Nepal Telcome

काठमाडौं। महाकाली सन्धिले तत्कालिन नेकपा एमाले पार्टीमा बिभाजन आए जस्तै एमसिसिले  नेकपालाई बिभाजन गरेको कुरामा अमेरिकाको  यस परियोजनालाई महत्व दिनुले  निक्कै अर्थ राखेको छ। आजको कान्तिपुर दैनिकले लेख्छ।

एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् ।

‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो  सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ’, उनले भनिन् ।
विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link