Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बिशेशज्ञकाे टाेली सहित गाेनपा -३ नारेश्वरमा बिरामीलाई निशुल्क स्वास्थ्य परिक्षण

loading views..
Nepal Telcome

गाेरखा । गाेरखा नगरपालिका -३ नारेश्वरका बिरामीहरुलाई बिशेशज्ञ टाेलीले निशुल्क स्वास्थ्य परिक्षण गरेकाे छ ।

शनिबार जिल्ला अस्पताल गाेरखा र गाेरखा नगरपालिका गाेरखाकाे संयुक्त आयाेजनमा निशुल्क स्वास्थ्य परिक्षण गरिएकाे नगरपालिका स्वास्थय शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए ।नेपाल सरकारका अतिरिक्त सचिब गुणराज लाेहनी सहितकाे टाेलीमा गाेरखा अस्पतालका निमित्त सुपरिटेन्डन हरि कुमार श्रेष्ठ , ईन्टरनल मेडिसियन बिशेशज्ञ डा कुशल जंग जाेशी र मेडकिल अधिकृत अर्जुन सापकाेटा सहितकाे टाेलीले बिरामीलाई परिक्षण गरेकाे गाेरखा अस्पतालका प्रमुख हरि कुमार श्रेष्ठले जानकारी दिए ।

बिज्ञ सहितकाे टाेलीले नसर्ने राेगकाे परिक्षण १७७ जनाले गराए भने नर्मल क्यानसार प्रारम्भिक जाँच ३८ जना , तथा क्षयाराेग माईक्राेसकपि जाँच ३१ जनाले , सुगर १०६ जनाले गर्भबतीकाे भिडियाे एक्सरे ११ जनाले जाँच गराएकाे पुर्ब अतिरिक्त सचिब गुणराज लाेहनीले जानकारी दिए ।

निशुलक स्वास्थ्य परिक्षण गराएका सबै बिरामीलाई निशुल्क ओैषाधी पनि बितरण गरिएकाे आयाेजकले जनाएकाे छ । गाेरखा नगरपालिका भित्रका सबै वडामा निशुल्क स्वास्थ्य गरिने पनि आयाेजकले जनाएकाे छ ।

गाेरखा नगरपालिका वडा ३ वडा अध्यक्ष चुल बहादुर कुबँरकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी गाेरखा नगरपालिका मेयर कृष्ण रानाले स्वास्थ्यमा सबै नागरिकमा पहुच पुग्नु राज्यकाे दायित्व भएकाले राज्यले नितिगत रुपमा निर्णय गर्नु पर्ने बताए । गाेरखा नगरपालिका भित्रका जनतालाई स्वास्थ्यमा क्षेत्रमा सुधार गर्नका लागि नगरपालिका लागि परेकाे बिश्बास ब्यक्त गरे ।

साेहि कार्यक्रममा गाेरखा नगरपालिकाका उप मेयर मसली मायाँ थाेकर , कार्यपालिका सदस्य सावित्री थापा विभिन्न संघ सस्थाका प्रमुख एंबम प्रतिनिहरुकाे सहभागिता रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link