Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

मोबाइल नेटवर्क नहुँदा पनि फोनमा कुराकानी गर्न सकिने सेवा शुरु गर्दै नेपाल टेलिकम

loading views..
Nepal Telcome

काठमाण्डु।नेपाल टेलिकमले मोबाइल नेटवर्क नभए पनि फोनमा कुराकानी गर्न सकिने सेवा शुरु गर्ने तयारी अघि बढाएको छ। नेपाल टेलिकमको १९ औं वार्षिक वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक सुनिल पौडेल भीओवाईफाई (भ्वाइस ओभर वाईफाई)सेवा शुरु गर्ने बताएका हुन्।

उनले भीओवाईफाई सेवा व्यावसायिक रुपमा सञ्चालन ल्याउने तयारी स्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताए। तर उनले भीओवाईफाई सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भनेर जानकारी भने दिएनन्।

भीओवाईफाई भोल्टेका लागि पूरक प्रविधि भ्वाइस ओभर वाईफाई कलिङ सेवा हो। यसले वाईफाई नेटवर्क मार्फत आईपीमा डेलिभर गरिएको प्याकेट भ्वाइस सेवा प्रदान गर्न आईएमएस प्रविधिको प्रयोग गर्छ।

यो भीओवाईफाई सेवा उपयोग गर्नका लागि वाईफाईको पहुँच र भीओवाईफाई सपोर्ट गर्ने स्मार्टफोन आवश्यक पर्छ।

यो सेवा उपयोग गर्नका लागि अतिरिक्त एप डाउनलोड गर्नु पर्दैन। मोबाइल फोनमा वाईफाई कलिङ अन गरेपछि सेवा सक्रिय हुन्छ। सेवाका लागि वाईफाई कलिङ सुविधा रहेका समार्टफोनलाई वाईफाई नेटवर्कमा कनेक्ट गर्नुपर्छ। यो सुविधाबाट कमजोर नेटवर्क रहेको स्थानबाट वाईफाईको माध्यमबाट गुणस्तरिय भ्वाइस कल गर्न सकिन्छ।

वाईफाईको सम्पर्कमा रहेसम्म भीओवाईफाई प्रविधिमा आधारित रहेर भ्वाइस कल गर्न सकिन्छ। वाईफाईको नेटवर्कबाट टाढा हुँदा भोल्टे अन गरिएको अवस्थामा फोन काटिँदैन। मोबाइल नेटवर्क कमजोर रहेका स्थानहरुमा भीओवाईफाई सेवा उपयोगी हुने जानकारहरु बताउँछन्।

यसबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै सेवा प्रदायकहरुले पनि आफ्नो सेवाको विश्वसनियता कायम राख्न सक्छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link