Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

यी ८ खानेकुरा फ्रिजमा राख्न हुँदैन

loading views..
Nepal Telcome

पोखरा। फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ  छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्।

१. तुलसी– तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ  । जसले गर्दा अरुको समेत स्वाद हराउँछ।  तुलसी पानीमा राख्नुपर्छ।

२. आलु– चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ।  आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ।

३. लसुन र प्याज – आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ। लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ।

४. जैतुनको तेल– जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन। कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ।

५. रोटी– धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन्।  फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ।

६. कफी– कफी कहिल्यै फ्रिजमा नराखौँ। यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ।

७. मह– यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर  राख्नुपर्छ। मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ।

८. अचार–  अचारमा भिनेगार धेरै हुन्छ। यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ।  यसलाई  फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ।

–एजेन्सीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link