Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

पत्नी सीता दाहलको उपचार गर्न प्रचण्ड भारतमा

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई पुगेका हुन्।

आइतबार पेरिसडाँडामा बसेको यो पक्षको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए।

सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन्। स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। पछिल्लो केही समय उनी घरमा नै आराम गरेर  गरेकी थिइन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link