Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

सुस्त गतीमा मोटरसाईकल चलाउने प्रतियोगितामा भट्ट दाेस्राे पटक विजयी

loading views..
Nepal Telcome

गोरखा। गोरखा सदरमुकाममा आज आयोजित ढिलो गरि मोटरसाइकल चलाउने प्रतियोगितामा आशिष कुमार भट्ट पुन दाेस्राे पटक विजयी भएका छन् ।
लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरिय खुल्ला सुस्त गतिमा बाईक चलाउने प्रतियोगितामा भट्ट प्रथम भएका हुन् ।

‘तिब्र गति जिबनको क्षति’ नारा दिएको प्रतियोगितामा ३० जनाले सहभागीता जनाएको क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।

प्रतियोगीतामा जितबहादुर थापा द्वितीय र किशोर डिस्वाल तृतीय भएको क्लबले जानकारी दिएको छ ।

प्रतियोगीतामा प्रथम हुनेलाई ट्रफि, फुल हेलमेट र मेडल, द्वितीय हुनेलाई एउटा फुल हेलमेट र मेडल, र तृतीय हुनेलाई एउटा हाप हेलमेट, बाईक कभर, मेडलका साथै सबैजनालाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ, अयोध्या जोशि, यम बसेल तथा लियो पदाधिकारी र जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी लगायतको सहभागिता रहेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link