Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

कोरोनाविरुद्धको दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ । यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा अभियान गौतमका अनुसार पहिलो चरणमा ५५ वर्षमाथिका सबैलाई खोप दिइने छ । साथै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घरोगी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई लक्षित गरी दोस्रो मात्रा बुस्टर डोज खोप दिने भएको हो ।
पूर्ण खोप लगाएको तीन महिना पूरा भएका, पहिलो बुस्टरडोज लगाउन छुटेका र पहिलो बुस्टर डोज खोप लगाएका छ महिना पूरा भएकालाई दोस्रो बुस्टर मात्रा खोप लगाउन डा गौतमले आग्रह गरे ।  कोरोना भाइरसबाट सङ्क्रमण भएकाहरुले सङ्क्रमणमुक्त भएको एक महिनापछि मात्र बुस्टर डोज लगाउन मिल्ने गौतम बताउँछन् ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार सो अभियानका लागि सरकारले कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्टको १५ लाख डोज खोप प्राप्त गरेको छ । डा गौतमका अनुसार, सरकारले खोप सबै प्रदेशमा पठाइसकेको छ र लक्षित जनसङ्ख्या पहिचान गरी प्रदेश सरकारले खोप लगाउन सुरु गरिसकेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link