Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेबारी प्रतापबाबु तिवारीलाई

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेबारी प्रतापबाबु तिवारीलाई दिइएको छ ।तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि त्रिभुवन विमानस्थलमा महाप्रबन्धक पद खाली थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको जानकारी दिए । विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । उनको स्थानमा देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखको जिम्मेबारी दिइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link