Skip to content
Pokharapress Logo
२७ असार २०८३, शनिबार

राष्ट्रिय परिचयपत्रका लागि थपिए स्थान

loading views..
Nepal Telcome

काठमाण्डु। सरकारले देशभरका नागरिकलाई काठमाडौँबाट समेत राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र आवेदन र वितरण प्रक्रिया छिटोछरितो रूपमा सञ्चालन गर्न सरकारले उपत्यकाभित्र थप पाँचवटा स्थान तोकेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलका अनुसार राष्ट्रिय परिचयपत्रको आवेदन तथा वितरणलाई तीव्रता दिन उपत्यकाभित्र पाँचवटा स्थानमा २७ वटा स्टेसन तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय ललितपुरका साथै नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभागृह र सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ ।राष्ट्रिय परिचयपत्र वितरणमा ढिलासुस्ती भएको भन्दै आलोचना भएको थियो । त्यसपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्रियालाई सहज बनाएको उनको भनाइ छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेकका सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् । यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा मधेश प्रदेशका सप्तरी र सर्लाहीका जिल्लाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् ।
नारायणहिटी दरबार परिसरमा कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला तथा मधेश प्रदेशका सिरहा, महोत्तरी, बारा र रौतटहका सेवाग्राहीले आवेदन दिन सक्नेछन् भने विभाग परिसरमा नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीले आवेदन दिन सक्नेछन् ।

उनका अनुसार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कर्मचारीका परिवारले आवेदन दिन सक्नेछन् । गोरखापत्र दैनिकबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link