Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

खुल्ला दौड प्रतियाेगितामा एलिना गुरुङ प्रथम

loading views..
Nepal Telcome

गोरखा। अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज गोरखा बजारमा खुल्ला दौड सम्पन्न भएको छ । रोट्याक क्लब अफ बज्रमनास्लुको आयोजनामा भएको दौडमा द्रब्यशाह बहुमुखी क्याम्पसका एलिना गुरुङ प्रमथ हुन सफल भएकी छिन् ।सदरमुकामको हरमटारीबाट सुरु भएको दौड प्रतियोगिता कालिमाटी बजार–शक्तिचोक–पुरानो बसपाक–पदेली–ठुलो आँगन–पाटेचौर–गोरखा अस्पताल–घ्याम्पेशाल बसपार्क हुदै पुनः हरमटारीमा आएर टुगिएको थियो ।

प्रतियोगितामा महेन्द्र ज्योति मावि दरबारमार्गका सगुना लामिछाने द्वितिय र विध्याबासिनी मावि नारेश्वरका करिष्मा ठगुन्ना तृतिय र नेपाल प्रहरीका सरिता थापा सान्त्वना भएका थिए ।उनीहरुलाई क्रमश. ७ हजार, ५ हजार, ३ हजार र १ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका अध्यक्ष लक्ष्मी रेग्मीले जानकारी दिईन ।

१९ जना सहभागी भएको उक्त दौडका लागि गोरखा नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको थियो । २.८ किलो मिटर दौडका बिजेताहरुलाई क्रमश. जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्प राना, क्लबका अध्यक्ष रेग्मी, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठ र क्लबका पूर्व अध्यक्ष अनुषा श्रेष्ठले प्रदान गरेकी थिइन ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link