Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

केपी ओली राजनीतिक क्यान्सर हो, यो क्यान्सरले हामी सबैलाई खान्छ:बाबुराम भट्टराई

loading views..
Nepal Telcome

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली बाह्य शक्तिको मतियार भएको आरोप लगाएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा भट्टराईले बाह्य शक्तिको डिजाइनमा ओलीले संसद विघटनजस्तो अलोकतान्त्रिक र निरंशुक कदम चालेको टिप्पणी गरे । ‘केपी ओली नियोजित रुपमा संविधान उल्ट्याएर नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने बाह्य शक्तिका मतियार हुन’, भट्टराईले भने, ‘म मेरो यो भनाइ गलत साबित होओस् भन्ने चाहन्छु ।’ भट्टराईले प्रचण्ड–माधव नेपाल समूहले ओलीलाई पार्टीबाट ननिकालेकामा आपत्ति प्रकट गरे ।

‘केपी ओली राजनीतिक क्यान्सर हो, यो क्यान्सरले हामी सबैलाई खान्छ’, भट्टराईले भने, ‘यस्तो क्यान्सरलाई प्रचण्ड–माधव नेपाल पक्षमा तपाईंहरुले पार्टीबाट ननिकालेर किन बोकिरहनुभएको छ ? यसमा बीचमै अलपत्र पार्ने त होइन भन्ने हामीलाई र काँग्रेसलाई शंका गर्ने ठाउँ छ ।’ उनले ओलीलाई तत्काल पार्टीबाट निकालेर आफुहरुको भ्रम निवारण गर्न पनि भने ।

ओली जेलमुक्त भएदेखि नै परिवर्तनको विरुद्ध उभिने गरेको आरोप लगाउँदै भट्टराईले उनलाई ‘इमान्दार तानाशाह’ को संज्ञा दिए । आफु तानाशाह भएको कुरा ओलीले नलुकाएकाले उनलाई इमान्दार तानाशाह भन्न सकिने भट्टराईको तर्क थियो । भट्टराईले संसद पुर्नस्थापनाको आन्दोलनमा आफुहरू नेकपाको प्रचण्ड–नेपाल समूहसँगै रहने पनि प्रष्ट पारे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link