Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल, प्राथमिकतामा पाँच काम

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत महासङ्घको २०औँ अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।
अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिनु भएको हो । शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतीको प्रयास अन्तिममा सफल भएको बताउनुभयो । उहाँले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने,दोस्रो–लगानीको वातावरण बनाउने,तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने,र, पाँचौ– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गर्नु भएको छ ।
नवनिर्वाचित अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुनुहुन्छ । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link