Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

जुन पार्टीले बृद्वभत्ता खारेज गर्छ त्याे पार्टी सिदिन्छ : पुर्ब सचिब कृष्णहरि बास्काेटा

loading views..
Nepal Telcome

गाेरखा। नेपाल सरकारका पुर्ब अर्थ सचिब कृष्णहरि बास्काटाले बृद्व भत्ता जुन पार्टीले खारेज गर्छ त्याे पार्टी सकिने बताएका छन् ।शुक्रबार जेष्ठ नागरिक जिल्ला संघ गाेरखाले सदरमुकाममा आयाेजित सराेकारबालाबाट जेष्ठ नागरिकलाई हेर्ने दृष्ट्रिकाेण समबन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न गाेरखा आएका पुर्ब सचिब बास्काटाले आजकाे युबा नै भाेलीकाे बृद्वा हुने भएकाले संघ प्रदेश र स्थानिय तहले नितिगत निर्णय गर्दै राज्यकाे सबै सेबा सुबिधा उपलब्ध गराउन जाेडदार माग गरे । बृद्व बृद्वालाई महिनाकाे पाँच हजार सामाजिक सुरक्षा भत्ता दिदैमा राज्यकाे ढुकुटी नसकिने भन्दै बास्काटाले राष्ट्रपति , प्रधानमन्त्री र सरकारी कर्मचारीकाे तलब बढाउदा ढुकुटी नसकिने बृद्वालाई ५००० दिंदा ढुकुटी सकिन्छ भन्नु सरसर गलत भएकाे टिप्पणी गरेका छन् ।

जिल्ला भरिका सराेकारवाला, ११ वटै पालिकाका प्रमुख र उप प्रमुख सहितकाे टाेलीलाई प्रशिक्षण गर्दै नगरपालिका र गाउँपालिकाले बृद्वामैत्री पालिका बनाएर बृद्व बृदाकाे पहुँच बिस्तार गर्न आग्रह गरे । साेहि कार्यक्रममा अधिबक्ता यादब शर्माबाट कानुनी सम्बन्धी संक्षिप्त जानकारी गराएका थिए ।

जिल्ला अध्यक्ष माेहनलाल श्रेष्ठकाे अध्यक्षतमा भएकाे कार्यक्रममा पुर्ब अर्थ सचिब बास्काेटा, जिल्ला समन्वय समिति गाेरखाका प्रमुख माेहन थापा मगर गाेरखा नगरपालिका गाेरखाका प्रमुख कृष्ण राना, पालुङटार नगरपालिकाका प्रमुख बिबश चिन्तन लगाएतले मन्त्वय राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link