Skip to content
Pokharapress Logo
२७ जेष्ठ २०८३, बुधबार

नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ ।अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हाँसिल गर्नुभएका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो ।
उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा.
कल्पना खनाल र डा. गणेश गुरुङ हुनुहुन्छ ।विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभयो ।
पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनु पर्नेमा जोड दिइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link