Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

शहिद लखन गाउँपालिका बाटनै श्रम स्वीकृति दिन शुरुवात

loading views..
Nepal Telcome

गोरखा। बैदेशिक रोजगार ऐन, २०६४ तथा बैदेशिक रोजगार नियमावली, २०६४ मा बैदेशिक रोजगारीमा जाने प्रत्येक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा बैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा आवेदन गरी श्रमिकले श्रम स्वीकृति लिने व्यवस्था रहे पनि अधिकांश श्रमिकहरुले अनलाइन विवरण प्रविष्टि गरेबापत धेरै रकम तिर्न बाध्य भइरहेको र विभिन्न बाहाना बनाई श्रमिकलाई दुःख हैरानी दिने अवस्थालाई मध्ये नजर गरी बैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवं भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिबृद्धि गर्ने उद्देश्यले बैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य सम्माननीय प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय ( मिति २०७९।१२।१६ गते) निर्णय अनुसार ७५३ वटै स्थानीय तहबाट गर्ने कार्य सुरु भएको छ । यस गाउँपालिका वडा नं. ६ निवासी शुसे परियारको पुनःश्रम स्वीकृतिको अनलाइन आवेदन श्रम तथा रोजगार शाखाबाट प्रविष्टि गरी स्वीकृत श्रम स्वीकृति शहिद लखन गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूबाट एक कार्यक्रम वीच हस्तान्तरण गरी श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी भएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशाकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । स्थानीय तहबाट नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थाले बैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सहजता प्रदान गरेको छ भने श्रमिकहरुले अनावश्यक रकम तिर्नु पर्ने र विभिन्न बाहानामा हुने ढिलासुस्ती र ठगीबाट पनि छुटकारा मिल्नेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link