Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा

loading views..
Nepal Telcome

गोरखा। भिमसेन थापा गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा आज पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

पालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाल एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको गाउँपालिकाका पालिका खोप समितिका सचिब भेषराज खनालले जानकारी दिए । गत चैत्र १६ देखि २० गतेसम्म ८ वटै वडामा रहेका स्वास्थ्यकर्मीहरुले वडा भित्र रहेमा सबै बालबालिको सर्वेक्षण गर्दा पालिका भित्रका सबै बच्चाहरुलाई पूर्ण खोप दिइएको पाइएको उनले बताए ।

उनका अनुसार जन्मदेखि १५ महिनाका सम्मका १९७ जान र १६ महिनादेखि ५९ महिनासम्मका ६ सय ९८ जना बालबालिकालाई नियमित खोप दिएको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृतादेबी बस्ती, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा ८ वटै वडाका स्वास्थ्य प्रमुख एबं स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link