पोखरा। तात्कालिन `महान जनयुद्ध´मा गोरखा जिल्लामा सामेल थिएँ ।जनयुद्ध शुरुआतकै दिन देखि आन्दोलनका कार्यक्रममा सहभागी भएपनि पुर्णकालीन कार्यकर्ताको रूपमा काम गर्दै आएको मिति भने २०५५ कार्तिक देखि मात्र हो।२०५२ मंसिरमा पार्टी सदस्यता प्राप्त भएको थियो पदोन्नति हुँदै जाँदा २०५६ असारमा ACM,२०५९ जेष्ठमा DCM र २०६५ देखि `राज्य समिति सदस्य´को जिम्मेवारीमा रहे पनि गोरखा जिल्ला पार्टीबाट २०६७ असार १७ गतेबाट `दुईलाइन संघर्ष´मा भाग लिएँ।त्यतिबेला म `तमुवान राज्य समिति´को सदस्य थिएँ।२०६७ असार १७ देखि २०६९ असार ५ सम्म पुरै दुई वर्ष सम्म निरन्तर अन्तरसंघर्ष गरिरहें।पार्टी भित्र २०६५ मंसिर देखि क.किरणको नेतृत्वमा बिचार समुह जन्मिसकेको थियो।पहिले बिचार समुहमा रहेर अन्तरसंघर्ष गरियो एक वर्ष।त्यसपछि अर्को एक वर्ष पार्टी भित्र पार्टी बनाइयो।त्यो एक वर्ष पार्वती थापा इञ्चार्ज र म सेक्रेटरी थियौं।त्यसको एकबर्षपछि पार्टी फुट्यो २०७९ असार ५ गते।पार्टी भित्र पार्टी बनाउँदा सम्म पार्वती थापाले नेतृत्व गरिरहिन।तर जब औपचारिक रुपमा पार्टी फुट्यो पार्वती थापा पछि हटिन्।पार्टी फुट पछि पनि म सेक्रेटरीमा यथावत रहिरहेँ।पार्वती थापाको ठाउँमा परशुराम रम्तेल इञ्चार्ज बने।मैले सहर्ष उनलाई इञ्चार्ज स्वीकार गरेँ किनकी त्यो पार्टीको निर्णय थियोे।परशुराम रम्तेल म भन्दा २ वर्ष पछि मात्र `पूर्णकालिन कार्यकर्ता´ भएका हुन्।पार्टीले उनलाई अगाडि बढायो मलाई पछाडि हटायो।तर मैले पार्टी स्वार्थका लागि यो निर्णय मानिरहें।परशुराम रम्तेल र म ४ वर्ष सम्म इञ्चार्ज र सेक्रेटरी भएर सहकार्य गरिरह्यौं।२०७३ जेष्ठ ६ गते परशुराम रम्तेलले मार्ग परिवर्तन गरे र अर्को पार्टीमा लागे।म आफ्नै पार्टीमा यथावत रहिरहेँ।हाम्रो पार्टीको नाम `क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल´ हो।यो पार्टीको नेतृत्व अध्यक्ष क. मोहन बैध (किरण) ले गर्दै आउनु भएको छ।प्रचण्ड-बाबुराम सँग सम्बन्ध बिच्छेद गरेर हामीले नयाँ पार्टी गठन गरेको पनि आज असार ४ गते ११ औं वर्ष पुरा भएर १२ औं वर्ष प्रवेश गर्दैछ।पार्टी फुटाउँदा क. मोहन बैध (किरण)लाई साथ दिने नेताहरू राम बहादुर थापा (बादल),देव गुरुङ (कान्छा बहादुर),नेत्र बिक्रम चन्द लगायतका त्यतिबेलाका हस्तिहरु आज क. मोहन बैध (किरण) सँग छैनन्।हामी उतिबेला(२०६५ सालको खरिपाटी भेला)का जिल्ला स्तरीय कार्यकर्ताहरु अहिलेसम्म पनि सँगै छौँ।म २०७९ पौषमा भएको ७ औं महाधिबेशनको प्रतिनिधि थिएँ। ८ औं महाधिवेशनका लागि आज हामि आयोजक समिति सदस्य छौँ।यसै वर्ष नै हामीले `आठौं महाधिवेशन´ गर्दैछौं।महाधिवेशन भनेको `बिचार संश्लेषण´को थलो हो।`आठौं महाधिवेशन´ गरेर हामी ले बिचार संश्लेषणमा पुग्नुपर्ने छ।२०६९ असार ४ गते आजभन्दा ठिक ११ वर्ष अगाडि `ड्यास् माओवादी´ बनाउदा बिरोधिहरुले हामीलाई ३ महिना टिक्दैनन् भनेका थिए तर हामी ११वर्ष त टिकिसक्यौं अब जिबनभर टिक्ने कुरालाई उदेश्यको `अर्जुन दृष्टि´ बनाएर अगाडि बढ्नेछौं।यो एक दशक प्लस एक वर्षको समिक्षा यही नै हो `उदेश्य प्रति इमान्दार बन्नु´।
