Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

गाेरखा सदरमुकामबाट टल्लकै टल्कने ढुङ्गा बरामद

loading views..
Nepal Telcome

गोरखा।  गोरखामा प्रहरीले आज टल्लकै टल्कने ढुङगा बरामद गरेको छ । गोरखा नगरपालिका–७, स्थित सतिपिपलबाट झण्डै ५४ किलोग्रामको ठूलो टल्कने ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए।

‘साइन स्टोन हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ, उनले भने, ‘ढुङ्गा पुजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढंगबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने देखिएको छ ।’

ढुङ्गा हेर्दा पारदर्शी क्रिस्टल जस्तो रहेको उनले बताए । ‘एकातिरबाट लाईट बाल्दा भित्रैबाट अर्को तिर वारपार हुन्छ, एसपी श्रेष्ठले भन्नुभयो,‘ अहिलेसम्मको अध्ययनमा साईनिङ स्टोन हो भन्ने हाम्रो बुझाई छ ।’

उनले बरामद गरिएको ढुङ्गाको बारेमा भुगर्वबिद्हरुसँग भिडियो मार्फत जानकारी लिएको र भूगर्वबिद्हरुले बरामद् गरिएको बस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिए । बरामद गरिएको टल्कने ढुङ्गा चोरी गरिएको नभई पुर्खौली रुपमा घरमा राखिएको अबस्थामा पाइएकोे एसपी श्रेष्ठले जानकारी दिए ।

‘बरामद् गरिएको बस्तु के हो भन्ने कुरामा परीक्षणपछि मात्र थाहा हुन्छ, उनले भने, ‘पुरातात्विक महत्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउने छ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षण पछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अबस्था छैन ।’

एसपी अधिकारीले आफूले पनि पहिलो पटक यस्तो प्रकारको ढुङगा देखेको समेत बताए। ‘झट्ट हेर्दा ठूलो आइस जस्तो देखिन्छ, उहाँले भन्नुभयो, ‘उक्त ढुङ्गा बिक्रि बितरण हुदैँछ भन्नेसम्मको सूचना हामीलाई प्राप्त भएको थियो, त्यसको आधिकारिता बारे पनि अनुसन्धान गर्दैछौ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link