Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

सर्वोच्च अदालत र निर्वाचन आयोगले संस्थापनको पक्षमा फैसला गर्छ:प्रचण्ड

loading views..
Nepal Telcome
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध कुहिएको फर्सी थियो भन्ने ओलीको भनाइप्रति आफूलाई हाँसो लागेको बताएका छन् ।
आज (मंगलबार) पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो कुरा कसरी सुन्न सकेको भनेर आफ्ना पूर्व सहकर्मीहरुप्रति प्रश्न गरेका छन् ।
उनले भने, ‘पूर्व माओवादी साथीहरु जो केपी गुटमा जानु भएको छ, मलाई हाँसो लाग्यो उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेर ?’
पूर्व माओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरु अहिले ओली समूहमा लागेर मन्त्री बनेका छन् । बालकृष्ण ढुंगेल, कालीबहादुर खामलगायतका नेताहरु पनि सो समूहमा लागेका छन् ।
जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते थियो भनेर पनि उनले ओलीप्रति पनि प्रश्न खडा गरेका छन् । ‘के जनयुद्ध कुहिएको फर्सी थियो भने कमरेड केपीले जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते हो थियो त ?,’ उनको प्रश्न थियो ।
प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभई ओली नै भएको दावी गरे । ‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवाद उन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डको भनाइ छ, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ ।’
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link