Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

बिपी स्मृति दिवसमा गाेरखा काङग्रेसद्वारा बृक्षारोपण

loading views..
Nepal Telcome

गोरखा। जननायक बिशेश्वर प्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर शनिबार गोरखामा बृक्षारोपण गरिएको छ । नेपाली काग्रेस जिल्ला कार्यसमिति गोरखाको आयोजनामा बिपि स्मृति दिवसको अवसरमा गोरखा नगरपालिका–५ स्थित चिल्ड्रेन पार्क क्षेत्रमा बृक्षारोपण गरिएको नेपाली काग्रेस गोरखाले जनाएको छ ।

दिवसको अवसरमा चिल्ड्रेन पार्क क्षेत्रमा बिभिन्न प्रजातीका बिरुवा रोपिएको हो । काग्रेसले बिपिको सम्झनामा चिल्ड्रेन पार्क क्षेत्रमा रहेको मन्दिरको संरक्षण र सम्बद्र्धन गर्नका लागि मन्दिर वरिपरि १५ वटा भन्दा बढी धुपीका विरुवा रोपिएकाजनाएको छ । पार्क क्षेत्रमा फुलप्रजातीका धुपी, काठ प्रजाती लगायत बिरुवा रोपण गरिएको काग्रेस गोरखाले जनाएको छ ।बृक्षारोपण कार्यक्रममा नेपाली काग्रेस गोरखाका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, सचिव कृष्णबहादुर आलेमगर, किशोरजंग थापा, पार्टीका जिल्ला कार्यसमिति सदस्यहरु तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link