Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

शेरबहादुरको हेलिकप्टर आकस्मिक अबतरण

loading views..
Nepal Telcome

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ।

बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपलमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ।

कांग्रेसको कार्यक्रममा भाग लिन देउवा काठमाडौंबाट पर्वत जाने क्रममा थिए। कैलाश एयरको हेलिकप्टर चढेर काठमाडौंबाट पर्वत जाँदै गरेको हेलिकप्टर पौने १ बजे आँपपिपलमा अवतरण भएको हो।

‘देउवाजी अहिले आँपपिपलमै हुनुहुन्छ,’ उनले भने। देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सहभागि थिए। तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link